सोमबार ११ श्रावण २०८३
राजनीति

राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट

सोमबार श्रावण ११, २०८३/ Monday 07-27-26

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबिच सोमबार शीतल निवासमा भेटवार्ता भएको छ। करिब एक घण्टा चलेको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था, संसदीय गतिविधि तथा विपद् व्यवस्थापनका विषयमा छलफल भएको जनाइएको छ।

आङ्देम्बेको सचिवालयका अनुसार भेटका क्रममा उनले देशका विभिन्न क्षेत्रमा आएको बाढी–पहिरोबाट प्रभावित नागरिकको अवस्था, उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका प्रयासबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

छलफलका क्रममा राष्ट्रपति पौडेलले मुलुकमा राजनीतिक स्थिरता कायम गर्नु आवश्यक रहेको उल्लेख गर्दै प्रभावकारी कानुन निर्माणका लागि संसद्को भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिएका थिए।

राष्ट्रपति पौडेलले बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनालाई प्रभावकारी बनाउन सरकार, राजनीतिक दल तथा सम्बन्धित सबै निकायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको पनि बताएका थिए।

तपाईको प्रतिक्रिया