आइतबार १० श्रावण २०८३
समाज

सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी

शुक्रबार श्रावण ८, २०८३/ Friday 07-24-26

काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि सर्वोच्च अदालतको कायम मुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी न्यायाधीश सपना प्रधान मल्लले सम्हालेकी छिन्।

शुक्रबार कामु प्रधानन्यायाधीश प्रधान र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा ३६ वटा मुद्दाको पेसी तोकिएको छ।

यसअघि तत्कालीन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि सपना प्रधान मल्लले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी थिइन्। पछि संवैधानिक परिषद्को वैशाख २४ गतेको बैठकले चौथो वरीयताका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि उनी २० दिने बिदामा बसेकी थिइन्।

प्रधानन्यायाधीश शर्मा विदेश भ्रमणमा रहेकाले न्यायिक प्रशासनको निरन्तरताका लागि सपना प्रधान मल्लले पुनः कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी हुन्।

तपाईको प्रतिक्रिया