आइतबार १० श्रावण २०८३
समाज

२१ हजार रुपैयाँ घुससहित लेखा अधिकृत पक्राउ

शुक्रबार श्रावण ८, २०८३/ Friday 07-24-26

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ हजार रुपैयाँ घुस लिएको आरोपमा काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत उद्वब भट्टराईलाई पक्राउ गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार स्थायी लेखा नम्बर (प्यान) बन्द गर्न आवश्यक पर्ने वडा कार्यालयको सिफारिस उपलब्ध गराइदिने क्रममा सेवाग्राहीलाई अनावश्यक दुःख दिएर घुस मागिएको भन्ने उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो।

उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले भट्टराईलाई सेवाग्राहीबाट २१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ।

तपाईको प्रतिक्रिया