प्रधानमन्त्री बालेन्द्र साहले गरे इयू राष्ट्रका कूटनीतिज्ञसँग सामूहिक भेटवार्ता
काठमाडौं। प्रधानमन्त्री बालेन साहाले मंगलबार काठमाडौं र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू)मा आबद्ध विभिन्न देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सिंहदरबारमा संयुक्त भेटवार्ता गरेका छन् ।
सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीमा जुटिरहेका बेला प्रधानमन्त्री शाहले प्रमुख दातृ राष्ट्रका कूटनीतिक प्रतिनिधिहरूसँग सामूहिक छलफल गरेका हुन् । भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठनपछि विकसित घटनाक्रम, आगामी बजेटका प्राथमिकता तथा युरोपेली क्षेत्रमा नेपालमाथि लगाइएको हवाई प्रतिबन्धलगायत विषयमा चर्चा भएको स्रोतले जनाएको छ ।
छलफलका क्रममा नेपाल–युरोप सम्बन्ध, विकास सहकार्य, आर्थिक सहयोग तथा लगानी विस्तारका विषय पनि उठाइएको बताइएको छ । साथै, नेपालले अन्तर्राष्ट्रिय उड्डयन सुरक्षासम्बन्धी मापदण्ड सुधारका लागि गरिरहेको प्रयासबारे समेत जानकारी गराइएको जनाइएको छ ।
प्रधानमन्त्री बालेन्द्र साहले यसअघि अमेरिका, इयू तथा भारतबाट आएका कूटनीतिज्ञहरूसँग व्यक्तिगत भेट गर्न अस्वीकार गर्दै आएका थिए । तर यसपटक भने उनले सामूहिक रूपमा आयोजित कार्यक्रममा सहभागी हुँदै विभिन्न देशका प्रतिनिधिसँग एकैसाथ संवाद गरेका हुन् ।
तपाईको प्रतिक्रिया