बुधबार ९ मङ्सिर २०८३
समाज

कर्णाली करिडोरका थप ४१ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का

मंगलबार मङ्सिर ८, २०८३/ Tuesday 11-24-26

काठमाडौँ । कर्णाली करिडोरअन्तर्गत थप ४१ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता गरिएको छ। सरकारको उच्च प्राथमिकतामा रहेको करिडोर स्तरोन्नतिलाई तीव्रता दिने क्रममा गत साता ठेक्का लगाइएको मन्त्री लम्सालले जानकारी दिएका छन्।

उक्त योजनाअन्तर्गत खुलालुदेखि कोटसम्म, भुक्का खोलादेखि पिलिचौरसम्म र तुम्चादेखि सलिसल्लासम्मका सडकखण्ड समेटिएका छन्।

यसैगरी, अर्को प्याकेजअन्तर्गत आगामी दुई वर्षभित्र २३ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ।

कर्णाली करिडोरको स्तरोन्नति र कालोपत्रेको कामले कर्णाली तथा सुदूरपश्चिमका दुर्गम जिल्लाहरूको यातायात सेवा सहज बनाउनुका साथै स्थानीय आर्थिक गतिविधि र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया